तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचित
तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचित
    • Bell Sanchar

    • १२ चैत्र २०७९, आईतवार

काठमाडौं ।

अमेरिकको न्युयोर्क शहरमा तामाङ सोसाइटी अफ अमेरिकको एघारौ महाअधिवेशन सम्पन्न भएको छ । अधिवेशनले २०२३ देखी २०२५ सम्मको लागि ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । पहिलो चरणको कार्यक्रम सके लगत्तै शुरु भएको बन्द सत्रमा निर्वाचन अधिकृत भरत मोक्तानले उम्मेदवारी दरखास्त अह्वान गर्नु भएकोमा अध्यक्ष पदको लागि बुद्धिमान तामाङ र सन्जोग योन्जनले उम्मेदवारी दिएका थिए ।

उम्मेदवार दर्ताको नामावली प्रकाशित भए पश्चात अध्यक्षका प्रत्यासी दुवैजनालाई आ आफ्नो धारणा राख्न ५/५ मिनेटको समय दिएकोमा बुद्धिमानले ११ बुदामा आफ्नो सान्दर्भिक भनाइ राखेर सबैको मन जित्न सफल भएको थियो । कुल खसेको मत मध्य ८ मत बदर भएकोमा आफ्नो प्रतिद्वन्द्वी सन्जोग योन्जनलाई १० मतले पछी पार्दै बुद्धिमान तामाङले एतिहासिक जीत निकाल्न सफल हुनु भएको थियो । निर्वाचित हुनु भए पश्चात् आफ्नो भनाइ राख्दै अब आफुले अघि सारेको प्रत्येक बुदालाइ आत्मसात गरि कार्य गर्ने प्रतिबद्ध व्यत गर्नु भएको थियो ।अधिबेशनबाट अन्य पदाधिकारी हरु भने निर्विरोध निर्वाचित हुनु भएका थियो ।

 

कार्यसमिति :

अध्यक्ष : बुद्धिमान तामाङ
बरिष्ट उपाध्यक्ष : चिना लामा
उपाध्यक्ष :तुल बहादुर तामाङ
उपाध्यक्ष :आरती लामा मैना
महासचिब : शमशेर योन्जन
सचिव: भिम स्याङतन
कोषाध्यक्ष : सेन्तुन लामा
बोर्ड सदस्य : तीर्थ राज लामा
बोर्ड सदस्य : बिष्णु तामाङ
बोर्ड सदस्य :निरा माया लामा

साताकाे चर्चित
सम्बन्धित