लक्जेमवर्गको पोष्टमा पोर्चुगलको ६ गोल
लक्जेमवर्गको पोष्टमा पोर्चुगलको ६ गोल
    • Bell Sanchar

    • १३ चैत्र २०७९, सोमबार

काठमाडौं ।

युरोकप २०२४ को छनोट अन्तर्गत समूह ‘जे’ को खेलमा पोर्चुगलले लक्जेमवर्गलाई ६-० ले पराजित गरेको छ ।

पोर्चुगलको फराकिलो जितमा क्रिस्टियानो रोनाल्डो र जाआओ फेलिक्सले दुई-दुई गोल गरे । यस्तै ओटाभियो राफेल र लिआओले समान एक-एक गोल गरे ।

रोनाल्डोले पहिलो खेलमा लिचेस्टाइन विरुद्ध पनि दुई गोल गरेका थिए । पोर्चुगलका लागि उनले १९८ औं खेल खेल्दै १२२ गोल गरिसकेका छन् ।

लगातार जितपछि पोर्चुगल दुई खेलबाट ६ अंक जोडेर समूह जे को शीर्ष स्थानमा छ । स्लोभाकिया ४ अंक जोडेर समूह जे को दोस्रो स्थानमा छ ।

अर्को खेलमा स्लोभाकियोले बोस्निया एण्ड हर्जगोभिनालाई २-० ले हरायो ।

साताकाे चर्चित
सम्बन्धित