काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार २२ अर्ब १० करोड २५ लख रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ ।
नेपाल सरकारको राष्ट्र ऋण बोलकबोल तालिका अनुसार सोमबार उक्त ट्रेजरी बिल बोलकबोल हुन लागेको हो ।
सोमबार ९१ दिन अवधिको ५ अर्ब रुपैयाँ बराबरको नयाँ (फ्रेसं नयाँ ट्रेजरी बिल बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।
यस्तै १७ अर्ब १० करोड २५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल भने नवीकरणको लागि बोलकबो हुन लागेको हो ।
यस्तै ९१ दिन अवधिको ६० करोड रुपैयाँ बराबर र ३६४ दिन अवधिको ५ अर्ब बराबरको ट्रेजरी बिल पनि नवीकरणको लागि सोमबार बोलकबोल हुन लागेको हो ।
एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र ट्रेजरी बिल हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।