पृथ्वीको उत्पतिसँगै राजनीतिको सुरुवात भएको हो , गेहेन्द्र दाहाल
पृथ्वीको उत्पतिसँगै राजनीतिको सुरुवात भएको हो , गेहेन्द्र दाहाल
    • उमेश बुढा

    • १३ चैत्र २०७९, सोमबार

 जुम्ला ।

नेपाल कम्युनिष्ट पार्टी ( एमाले ) को मिसन ग्रासरुट कार्यक्रम सिँजा गाउँपालिकाको नराकोट बजारमा भएको बेलामा पृथ्वीको उत्पतिसँगै राजनीतिको सुरुवात भएको स्कुलिङ विभाग केन्द्रीय सदस्य गेहेन्द्र प्रसाद दाहालले बताए ।

उनका अनुसार जुनसुकै नागरिकले म कुनै पनि पार्टीमा आस्था राख्दैन भन्नु नै अहम्ता हो । मानिसलाई राजनीति गर्न आवश्यक अवश्य पर्ने दावी भर्दै दाहालले भने, राजनीति अहिलेबाट सुरुवात भएको होइन । विश्वमा जब पृथ्वीको उत्पति भएसँगै राजनीतिको सुरुवात भएको दाहालले बताए ।

राजनीति एक घरका परिवारबाट सुरु हुँदै, समाज राष्ट्र र अन्तराष्टमा पनि राजनीति चलेको देखिन्छ । त्यसैले राजनिती गर्नु देशमा महत्त्वपूर्ण रहेको पनि दाहालले बताए ।

मानिसलाई लाग्न सक्छ , राजनीति पछिलो समयमा सुरुवात भएको हो, भनेर तर राजनीति जब यो प्रमाण्डमा पृथ्वीको उत्पति भए देखि मानवताको उत्पति भए देखि राजनीति सुरुवात भएको देखिन्छ, दाहालले बताए ।

नेकपा एमाले पार्टी सिँजा गाउँपालिका स्तरिय भेलामा पार्टीका दुई सय भन्दा बढी नेता कार्यकर्ताको उपस्थिति रहेको थियोे ।

साताकाे चर्चित
सम्बन्धित