मिटर ब्याज पीडितले भने : प्रधानमन्त्रीसँग भेटाउनुहोस्
मिटर ब्याज पीडितले भने : प्रधानमन्त्रीसँग भेटाउनुहोस्
    • Bell Sanchar

    • १४ चैत्र २०७९, मंगलवार

काठमाडौं ।

गृह सचिव विनोद प्रकाश सिंहले मिटर ब्याज पीडितलाई धर्नाका कार्यक्रम स्थगन गर्न आग्रह गरेका छन् ।

मंगलबार धर्नास्थल टंगाल पुगेर पीडितलाई भेटेका सचिव सिंहले धर्ना स्थगित गर्न आग्रह गरेका हुन् ।

पीडितलाई न्याय दिलाउन सरकारले कानुनी पहल गरिरहेको उनले बताएका थिए ।

गृह सचिवसँगको भेटमा आफूहरुले प्रधानमन्त्रीलाई भेटेर पीडा सुनाउन चाहेको संघर्ष समितिका संयोजक मनोज पासवानले बताए । ‘
उहाँले कानुनी पहल भइरहेको भन्दै धर्ना छोड्न भन्नुभयो,’ पासवानले भने, ‘हाम्रो पीडा प्रधानमन्त्रीलाई सुनाउने वातावरण बनाउन माग गर्‍यौं, प्रधानमन्त्रीसँग कुरा गराउने भनेर उहाँ जानु भएको छ ।’

गृहसचिवले आफूहरुसँग माग पत्र मागेको तर सोमबार राति प्रहरीले धरपकड गर्दा माग पत्र हराएका कारण दिन नसकेको पासवानले बताए ।

संघर्ष समितिको समन्वय गरिरहेका सन्तोष दाहालका अनुसार पीडित माथि चलेका मुद्दा तत्काल यथास्थितिमै रोक्ने निर्णय गरे मात्रै वार्ता हुने शर्त पनि गृहसचिवसँगलाई राखिएको छ ।

दाहालकाअनुसार अब धर्नाको कार्यक्रम भद्रकालीमा र त्यसपछि नयाँ बानेश्वरमा संसद भवन अगाडि हुने छ ।

साताकाे चर्चित
सम्बन्धित