गुल्मी ।
गुल्मीको चन्द्रकोट गाउँपालिका वडानम्बर–४ शान्तिपुरमा अवस्थित उदय माध्यमिक विद्यालयमा मौसम स्टेशन स्थापना गरिएको छ ।
कृषि सम्बन्धी प्राविधिक विषय अध्यापन हुने यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु तथा कृषकहरुलाई लक्षित गरी मौसम स्टेसन स्थापना गरिएको हो ।
यसबाट सापेक्षित आद्रता, हावाको मात्रा, तापक्रम र वर्षाको तथ्यांकबारे जानकारी उपलब्ध हुनेछ ।
त्यसको आधारमा कुन समयमा कुन बाली लगाउन उपयुक्त हुन्छ भनेर कृषि विशेषज्ञ र प्राविधिकहरुले योजना निर्माण गर्ने गाउँपालिका अध्यक्ष युवराज केसीले बताए ।