भौगोलिक अखण्डताको सम्मान गर्न चीनलाई दियो भारतले सन्देश
भौगोलिक अखण्डताको सम्मान गर्न चीनलाई दियो भारतले सन्देश
    • बेल संचार

    • १५ चैत्र २०७९, बुधबार

एजेन्सी

चीनलाई लक्षित गर्दै भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले एकअर्काको भौगोलिक अखण्डताको सम्मान गर्न सल्लाह दिएका छन् ।

दिल्लीमा आयोजना भइरहेको शाङ्हाई कोअपरेशन अर्गनाइजेशन (एससीओ) को राष्ट्रिय सुरक्षा सल्लाहकार स्तरीय बैठकमा बोल्दै डोभालले सदस्य राष्ट्रहरूलाई पारस्परिक सार्वभौमसत्ता तथा भौगोलिक अखण्डताको सम्मान गर्न आह्वान गरे ।

यस क्षेत्रमा आतंकवादले तेर्स्याएको चुनौतीका विषयमा पनि डोभालले बैठकमा चर्चा गरे ।

भारत सन् २०१९ मा एससीओको पूर्णकालीन सदस्य बनेको हो । यस संगठनमा अफगानिस्तान, बेलारुस, इरान र मंगोलिया पर्यवेक्षकको हैसियतमा छन् ।

अनि नेपाल, आर्मेनिया, कम्बोडिया, श्रीलंका र टर्की डायलग पार्टनरका रूपमा रहेका छन् ।

पाकिस्तान र चीनले अहिलेको बैठकमा भर्चुअल सहभागिता जनाउने सम्भावना छ ।

सन् २०२३ का लागि भारतले एससीओको अध्यक्षता ग्रहण गरेको छ ।

साताकाे चर्चित
सम्बन्धित