फिलिपिन्समा यात्रुवाहक जहाजमा आगो लाग्दा १० जनाको मृत्यु
फिलिपिन्समा यात्रुवाहक जहाजमा आगो लाग्दा १० जनाको मृत्यु
    • बेल संचार

    • १६ चैत्र २०७९, बिहीबार

एजेन्सी

फिलिपिन्सको दक्षिणमा रहेको बासिलान प्रान्तमा यात्रुहरू चढेको जहाजमा आगो लाग्दा कम्तीमा १० जनाको मृत्यु भएको छ ।

घटनामा लगभग २३० जनालाई उद्धार गरिएको छ ।

बुधवार राति लागेको आगोका कारण नौ अन्य मानिस घाइते भएका छन् ।

वातानुकूलित क्याबिनहरूबाट आगो लाग्न शुरू भएको तटरक्षक प्रमुख कोमोडोर रेजार्ड मार्फेले बताए ।

एमभी लेडी मेरी जोय ३ जहाजमा पानी हालिएको अनि अनि उद्धार गरिएका यात्रुलाई तटमा ल्याइएको थियो ।

उक्त जहाज मिन्दानाओ टापुको जाम्बोआंगा शहरबाट सुलु प

प्रान्तमा रहेको जोलो टापुतर्फ जाँदै गर्दा आगो लागेको थियो ।

जहाजको यात्रु सूचीमा २०५ जना चढाइएको भए पनि त्यसभन्दा बढी यात्रु रहेकाले कतिपय यात्रुहरू हराएको हुनसक्ने बासिलानका गभर्नर जिम सालिमानले बताए ।

साताकाे चर्चित
सम्बन्धित