जुम्लाको सिँजा गाउँपालिकाद्धारा संचालित एम्बुलेन्स शनिवार बेलुका धर्मराज रोकायाले तोडफोड गरेका छन् ।
सिँजा गाउँपालिकामा पर्ने नराकोट बजारमा रोकिरहेको एम्बुलेन्स तोडफोड गरेर दुबै पट्टीका चार ओटा सिसा फुटालेको चालक नैनसिंह रोकायाले बताएका छन् ।
चालक रोकायाको निवेदन अनुसार सिजा गाउँपालिकाद्धारा संचालित क। १ झ १० नम्बरको एम्बुलेन्स तोडफोड गर्ने सिजा ३ फार्सेबाडा बस्ने वर्ष ३२ का धर्मराज रोकायाले एम्बुलेन्समा तोडफोड गरेको निवेदनमा उल्लेख गरिएको ईलाका प्रहरी चौकी नराकोटले जनाएको छ ।
प्रहरीका अनुसार रोकायाले मदिरा सेवन गरि एम्बुलेन्स तोडफोड गरेको हुन सक्ने खुलासा भएको छ । दोषी माथि थप अनुसन्धान भइरेको छ ।
दोषीलाई कानुनी पक्रिया अनुसार कार्वाहीको माग पालिकाले गरेको छ ।