बम विष्फोटमा रुसी सेनाका ब्लगरको मृत्यु, १६ जना घाइते
बम विष्फोटमा रुसी सेनाका ब्लगरको मृत्यु, १६ जना घाइते
    • बेल संचार

    • २० चैत्र २०७९, सोमबार

काठमाडौं ।

रुसको सेन्ट पिटर्सबर्गको एक क्याफेमा विष्फोट हुँदा रुसी सेनाका एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

रुसको गृह मन्त्रालयले सेनाका प्रमुख ब्लगर भ्लादलेन तातार्स्कीको मृत्यु भएको र १६ जना घाइते भएको पुष्टि गरेको हो ।

रुसको समाचार एजेन्सी आरआईएका अनुसार भ्लादलेनलाई उपहारको भनेर एक बट्टा दिइएको थियो ।

सोही बट्टामा भएको बम विष्फोट हुँदा उनको मृत्यु भएको गृह मन्त्रालय स्रोतलाई उद्धृत गर्दै रुसी समाचार एजेन्सी आरआईएले जनाएको छ ।

भ्लादलेनको खास नाम म्याक्सिम फोमिन हो । उनले युक्रेनमा रुसले गरेको आक्रमणको समर्थन गर्दै आएका थिए ।

उनले गत वर्ष युक्रेनसँगको सीमा क्षेत्रमा गरेको रिपोर्टिङको एक भिडियोको निकै चर्चा भएको थियो ।
उक्त भिडियोमा उनले भनेका छन्, ‘हामीले जसलाई पनि हराउन सक्छौं, जसलाई पनि मार्न सक्छौं ।’

साताकाे चर्चित
सम्बन्धित