बलियो नेपाल कप यू-१९ क्रिकेट चैत २२ गतेदेखि हुने
बलियो नेपाल कप यू-१९ क्रिकेट चैत २२ गतेदेखि हुने
    • बेल संचार

    • २१ चैत्र २०७९, मंगलवार

काठमाडौं ।

बलियो नेपाल न्युट्रिशन इनिसियटिभको आयोजनामा भोलि चैत्र २२ गतेखि २७ गतेसम्म बलियो नेपाल कप यू-१९ क्रिकेट प्रतियोगिताको हुने भएको छ ।

आयोजकले मंगलबार पत्रकार सम्मेलन गर्दै ६ टोलीको सहभागिता रहने प्रतियोगितामा पोखरास्थित पोखरा क्रिकेट रंगशालामा आयोजना हुने जानकारी गराएको छ ।

प्रतियोगितामा इलाम क्रिकेट एकेडेमी, कणाली क्रिकेट एकेडेमी, स्टार क्रिकेट एकेडेमी, जनकपुर क्रिकेट एकेडेमी, पोखरा क्रिकेट एकेडेमी तथा पल्सर क्रिकेट एक्सीलेन्स सेन्टरले प्रतिस्पर्धा गर्नेछन् ।

सहभागी टोलीलाई दुई समुहमा विभाजन गरि लिग कम नकआउटका आधारमा टी-२० फर्म्याटमा खेलहरु सञ्चालन गरिनेछ ।

पल्सर सीईसी, इलाम र कर्णाली समूह ए मा छन् भने स्टार क्रिकेट एकेडेमी, जनकपुर र पोखरा समूह बी मा छन् ।

बलियो नेपाल कप प्रतियोगिता व्यवस्थापन अन्तर्गतका सम्पूर्ण कार्यहरुसमेत अन्तिम चरणमा रहेको आयोजकले जनएको छ ।

खेल क्षेत्रको माध्यमबाट खाद्य स्वच्छता र पोषणबारे सचेतना फैलाउने उद्देश्य अनुसार बलियो नेपाल न्युट्रिशन इनिसियटिभले ग्रासरुट क्रिकेटको प्रवर्द्धनका लागि गत वर्षदेखि बलियो नेपाल कप आयोजना गर्दै आइरहेको छ ।

संस्थाले अघिल्ला वर्षहरुमा लुम्बिनी प्रदेशको १२ जिल्लाहरुको सहभागितामा बलियो नेपाल कपको पहिलो संस्करणको आयोजना गरेको थियो ।

यस्तै बलियो नेपाल कपको दोश्रो संस्करण काठमाडौंस्थित मुलपानी क्रिकेट मैदानमा आयोजना गरेको थियो ।

ग्रासरुट क्रिकेटको विकास र विस्तारलाई मुख्य उद्धेश्य बनाएर संस्थाले बलियो नेपाल कपको आयोजना गर्दै आएको र यसले सिङ्गो नेपाली क्रिकेटको दिगो विकासमा टेवा पुग्ने विश्वास राखेको छ ।

साताकाे चर्चित
सम्बन्धित