कनकासुन्दरीमा ४८ जना अपांगता व्यक्तिलाई परिचयपत्र वितरण
कनकासुन्दरीमा ४८ जना अपांगता व्यक्तिलाई परिचयपत्र वितरण
    • उमेश बुढा

    • २५ चैत्र २०७९, शनिबार

 जुम्ला ।

जुम्लाको कनकासुन्दरी गाउँपालिकामा अपांगता भएका ४८ जना व्यक्तिलाई अपांगता परिचयपत्र शुक्रबार वितरण गरिएको छ ।

क वर्गमा १ जना, ख वर्गमा २३ जना, ग वर्गमा १० जना र घ वर्गमा १४ जना गरि जम्मा ४८ जना अपांगता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरेको अपांग पुर्नस्थापना तथा विकास केन्द्र जुम्ला प्रमुख रामकृष्ण न्यौपानेले बताए ।

कनकासुन्दरीका वडा नम्बर १ देखि ८ सम्मका अपांगता भएका व्यक्तिहरुलाई जिल्ला गएर डाक्टरको सिफारिस वा रिपोर्ट ल्याउन असजिलो हुने भएकाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डाक्टर माग गरि अपांगता भएका व्यक्तिको वर्ग परिक्षण गरेर ४८ जनालाई अपांगता परिचयपत्र दिएको महिला तथा बालबालिका शाखा प्रमुख राजिन्द्रा महतले बताउनु भयो ।

महतका अनुसार कनकासुन्दरी गाउँ पालिका देखि जुम्ला अस्पतालमा आवतजावत गर्न समस्या हुने र खाना, गाडिभाडा, अन्य खर्च हुने हुँदा अपांगता व्यक्तिलाई जान र आउन कठिन हुने भएकाले १ दिने घुम्ती शिविर सञ्चालन गरेको बताइन् ।

यसरी शिविर राखेर अपांगता परिचय पत्र कनकासुन्दरी गाउँ पालिका अपांगता भएकाले सजिलै रुपमा पाएको देख्दा महिला तथा बालबालिका शाखालाई धन्यवाद व्यक्त पालिकाले गरेको छ ।

सो शिविरमा पालिका अध्यक्ष दामोदर प्रसाद आचार्य, वडा अध्यक्ष हरु, कार्यपालिका सदस्य लगायत अपांगताहरुको उपस्थिति रहेको थियो ।
कनकासुन्दरी ४ मा पर्ने हाडसिंजा स्वास्थ्य चौकीमा शिविर सञ्चालन भएको शाखा प्रमुख महतले जनाउनु भयो ।

साताकाे चर्चित
सम्बन्धित