पिसाव रोक्नुहुन्छ ? हुनसक्छ गम्भिर समस्या
पिसाव रोक्नुहुन्छ ? हुनसक्छ गम्भिर समस्या
    • बेल संचार

    • २५ चैत्र २०७९, शनिबार

कहिले कहिं हामी काम फत्ते गर्ने ध्याउन्नमा पिसाब फेर्न भुल्छौ। कहिले व्यस्तताको कारण त कहिले अल्छीले पिसाब रोकेर बसिन्छ। तर, यो बानी अन्ततः हाम्रो लागि एकदमै हानिकारक साबित हुन्छ।

तत्कालै यसको असर नदेखिने भएकाले हामी पिसाब रोकेर बस्छौ, तर यसले दीर्घकालिन रुपमा भयावह रोग निम्त्याउँछ।

मृगौलामा पत्थरी

पिसाबमा यूरिया र अमिनो एसिड जस्ता टक्सिन तत्व हुन्छ। यदि हामी लामो समयसम्म पिसाब रोक्छौ भने उक्त टक्सिन मृगौलामा पुग्छ  र पत्थरीको समस्या पैदा हुन्छ।

मुत्रनलीमा संक्रमण

लामो समयसम्म पिसाब रोकेर बस्दा ब्लडरमा व्याक्टोरिया जम्मा हुन पुग्छ। यही ब्याक्टेरियाको कारण मुत्रनलीमा संक्रमण नित्याउँछ।

मुत्रथैली सुन्निनु

पिसाब रोकेर राख्नाले मुत्रथैलीमा त्यसले असर गर्छ। मुत्रथैली सुनिन्छ । यसले गर्दा पिसाब फेर्दा दुख्ने समस्या हुन्छ।

मृगौलामा गंभिर असर

पिसाब रोक्दा तयसको दबाव मृगौलामा पर्छ। यसैले गर्दा मृगौलाको रोग लाग्न सक्छ।

पिसाबको रंग बदलिने

लामो समय पिसाब रोक्दा पिसाबको रंग गाढा पहेंलो र दुर्घन्धित हुन्छ। ब्याक्टेरियाको कारण यस्तो भएको हो।

मांशपेशी कमजोर हुन्छ

पिसाब रोक्नाले मुत्रथैली फुलिन्छ। यसले गर्दा मुत्रथैलीको छाला कमजोर हुन्छ। साथै दुखाई पनि सुरु हुन्छ।

साताकाे चर्चित
सम्बन्धित