मनोहरा खोला जस्तै धमेलिएको छ सुकुमबासीको मन
मनोहरा खोला जस्तै धमेलिएको छ सुकुमबासीको मन

मनोहरा सुकुमबासीको पीडाः कहिले सरकारले लखेट्छ त कहिले बाढीले

    • बिर बहादुर राना

    • २६ चैत्र २०७९, आईतवार

काठमाडौं ।

भक्तपुरको मनोहरा टोलमा करिब ७७७ सुकुमबासी घर परिवार बसोबास गर्छन् । उनीहरुका आ–आफ्नै समस्या छन् । मनोहरा किनारमा लस्करै साना–ठूला छाप्रा छन् । इँटा र ब्लकले भित्ता ठडिएका छन् अनि टिनले छाएको छानो । करिब ६ हजार जना यहाँ बस्छन् ।
यहाँ बस्ने कोही साहुले उठीबास लगाएका कारण मनोहरा किनारको सहारामा आए त कोही बाढीले सताएर गाउँबाट लखेटिएर आइपुगे । कोही केही नभएर काम र मामका खोजीमा सहर पस्ने क्रममा किनाराको सहारामा आइपुगे । यसरी विभिन्न कारणले जोडिएर नदीकिनारसँग साक्षात्कार गर्नेहरूका मनोहरासँगको यो सम्बन्ध पनि दशकौं पुरानो भइसकेको छ । यहाँ बस्नेहरु भाले बासेपछि झिसमिसे बिहानीमै कामको खोजीमा शहरका गल्ली–गल्लीतिर धाउँछन् त कोही काम खोज्दै बजार ।
बस्तीका कति त परिवारलाई थन्क्याएर कमाउन विदेश पनि गएका छन्। यस्तै यस्तै छ, मनोहरा सुकुमबासी बस्तीको अवस्था। बस्तीमा अधिकांश दलित  गरिब तथा पिछडियका विपन्न परिवारको बसोबास छ। त्यसमध्यकी एक हुन्, गोमा तिवारी। तिवारीको दैनिकी २५ वर्षदेखि टहरामा कट्दै आएको छ। उनको टहराको छानोलाई ढुंगा र टायरले थिचेको छ भने मन दुःखको भारीले।
गाउँमा एक पाइला जमिन नभएपनि सहरा खोज्दै मनोहरा सुकुमबासी बस्ती आइपुगेकी हुन्, गोमा। यहाँ बसोबास गरेको यतिका वर्ष हुँदासम्म सरकारबाट पाइने सामान्य सेवा सुविधा समेत उनले महशुस गर्न पाएकी छैन।
‘नदीकिनारको दुर्गन्धमा बस्न कसलाई मन हुन्छ र ! जीवनको गोरेटोमा कयौं हन्डर खाँदै मनोहराको किनारमा आइपुगेको छु। हामीलाई पसिना बगाउँदा पनि छाक टार्न धौधौ पर्छ। बिरामी परे उपचार पाउन मुस्किल छ,’ उनी दुखेसो गर्छिन्। अझ वर्षात्मा उही मनोहरा नदीले डुबाउँछ, जसले ज्यान ओताउने छाप्रो अड्याउने आडभरोसा दिएको छ। हरेक वर्ष जेनतेन वर्षा कटाउने उनै सुकुमबासीलाई बर्षा नजिकिएसँगै पिर पर्न सुरु भएको छ। ‘फेरि वर्षा याम सुरु हुन लाग्यो। हामीलाई अहिलेदेखिनै बाढीको चिन्ताले निन्द्रा लाग्न छाड्यो। आज मात्र होइन, हरेक वर्ष वर्षौदेखि यस्तै पिर छ, हामीलाई,’ दुख सुनाउँछिन् उनी।
यस्तै, पुस–माघको जाडोले पनि उति नै सताउँछ। फेरि वैशाख–जेठको चर्को घामले नदीको ढल गन्हाएर बस्ने कठिन हुन्छ। बस्तीमा न बाटोघाटोको ठेगान छ न त खानेपानीको।
‘म जन्मजात नै सुकुमबासी हुँ। मनोहरामा बसेको पनी २१ वर्ष भयो। २१ वर्षसम्म हामीले केही सेवा सुविधा पाएका छैनौं।। मेरो बसाईसराई काठमाडौं मित्र पार्कबाट भएको हो। त्यहाँबाट यहाँ सरुवा भएपछि बसाइसराई गरौं भन्दा यहाँ दर्ता नै गरिदिदैनन,’ गोमा भन्छिन्।

यतिका दुख भोग्दा पनि सरकार भने कानमा तेल हालेर बस्ने गरेको उनले गुनासो गरिन्। सुकुमबासीको समस्या समाधान गर्न भूमि आयोगम १६ पटकसम्म गठन भएपनि सुकुमबासी समस्या समाधान भएको छैन। सुकुमबासी समस्या समाधान गर्ने दायित्व सरकारको भएको उनी बताउँछिन्।
‘हामी पनि यहि देशका मान्छे हौं। भेडाबाख्रा होइनौं,’ गोमा भन्छिन्, ‘हामीलाई व्यवस्थापन गर्नुपर्छ। २–४ आना जति सकिन्छ। त्यति जग्गा दिएर हाम्रो व्यवस्था गर्नुपर्छ ।’
यदि आफूहरुलाई यो देशको नागरिक होइन जस्तो लाग्छ भने राज्यले होइन भन्नु सक्नुपर्ने उनको तर्क छ। ‘सुकुमबासी को हो ? र जनता को हो ? यो प्रश्न सरकारलाई म गर्न चाहन्छु,’ उनी प्रश्न गर्छिन्।
कमाउन सक्ने कसैले अलि राम्रै घर बनाएका सुकुमबासी पनि रहेको भन्दै उनी भन्छिन्, ‘होला सुकुमबासी भएर पनि घर बनाए होलान्, कसैको पहाडमा जमिन होलान, तर ३ महिना पनि खान पुग्दैन, कसैको पहिलो उठिबास लगाएपछि यहाँ आएर बस्ने पनि छन्। के उनीहरुलाई सुकुम बासी नै नभन्ने?’
नेताहरु भोट माग्न खुट्टामा ढोग्नलाई आउने तर जितेर गएपछि एक पटक पनि फर्केर नआउने गरेको उनी बताउँछिन्।
‘भोट चाहिने बेलामा हाम्रो खुट्टा ढोग्नै आउने जितेर गएपछि कुनै नेता पनि फर्केएर आउँदैननन्। पत्येक वर्ष बाढीले हामी मरिरहेका छौं। यो वर्ष पनि त्यहि समस्या दोहोरिने बेला भएको छ। यो खोलाको तटबन्ध सरकारले किन गर्दैन।’
यो वर्षको वर्षा याम भन्दा अघि नै तत्काल खोलामा तटबन्धको व्यवस्था गर्न उनी माग गर्छिन्। होइन भने यो वर्ष बस्तीमा बाढी पसेर मरिरहेका सुकुमबासीको लास टिप्न आउन तयार हुन उनी सरकारलाई चेतावनी दिन्छिन्। होइन भने तत्काल खोलाको तटबन्ध व्यवस्थापन गर्न पनि उनी माग गर्छिन्।
‘सरकारले किन सुकुमबासी हो, होइन भनेर छुट३याउन सक्र्दैन र डोजर लिएर आउँछ?’ तिवारी रुदै भन्छिन्, ‘को धनी को गरीब पहिचान गरोस्न। हामी पनि मान्छे हौं। हामीलाई पनि गर गहना लगाउन मन लाग्छ। विहे वर्तवन्ध हाम्रो पनि हुन्छ। पहेलो गहना देख्ने वित्तिकै सुन भन्दिने? ४–५ सयको बजारको गरगहन लगाउदा पनि सुनै हुन्छ? मिडियाले पनि त्यहि कुरा मात्रै देख्ने? हाम्रो दुःख पिडा कहिले नदेख्ने? सबैलाई म बास्तविकता बुझ्न आग्रह गर्छु।’
तिवारी मात्र होइन, देव सीको दुख पनि उस्तै छ। ‘कयौं पटक सूचना आउँछ । अब हामी कहाँ जाउँ ? सरकारले हाम्राबारे सोचिदिनु प¥यो,’ उनी भन्छन्, ‘यहाँ बस्ने रहर होइन। खोला किनारमा बस्न त समस्यैसमस्या छ। खोला पूरै दुर्गन्धित छ। बाढी आउँदा डुबाउँछ भन्ने डर। राति गाडी दौडिएर आउँदा गाडीले हान्देला भन्ने पीर। बाढी आउँदा रातभर जाग्राम बस्नु पर्छ।’ नदीकिनारको बास निकै सकसपूर्ण हुने गरेको उनी बताउँछन्। कयौंपटक उनी आँसुको भेलसँग पौठेजोडी गरेर नयाँ जीवन बाँचेका छन्।
सरकारबाट पाइने सामान्य सेवा सुविधा जनमदर्ता, मृत्यु दर्ता समेत आफूहरुले नपाएको उनले गुनासो गरे। ‘हामी नेपाली जनता होइन,’ उनी भन्छन्, ‘पटक पटक सुचना आतंक र डोजर आतंक मात्र मचाउने? हामी बर्षैदेखि त्रासपूण जिन्दगी बाचीरहेका छौं। शान्तसँग मजदुरी गरेर पेट पाल्ने अधिकार समेत राज्यले खोसेको छ।’
‘मनोहरा किनारमा सुकुमबासी मात्रै छैनन्, केही धनीमनी पनि होलान्। छानबिन गरेर को को सुकुमबासी छन् ? उनीहरूलाई सरकारले हेर्नुपर्छ, सहयोग गर्नुपर्छ। हुने र नहुने छानबिन गर्नुपर्छ,’ उनी भन्छन्।
मनोहरामा ०५५ सालदेखि सुकुमबासीहरु बस्दै आएका छन् भने ०५८ सालदेखि पूर्ण रुपमा बसोबास गर्दै आएका छन्।
उनी अहिले बसेको ठाउँमा सरकारले व्यवस्थित गरिदिए आफूहरूको राम्रो हुने बताउँछन्। ‘लालपुर्जा दिएर यहाँको बस्तीलाई यही व्यवस्थित गरिदिनु पर्छ। गरिखाने ठाउँमा हाम्रो व्यवस्थापन गर्नुपर्छ’, उनी थप्छन्।
होइन भने अन्तै भएपनि व्यवस्था गर्दिन उनी सरकारसँग माग गर्छन्।

आजदेखिको समस्या होइन यो
विगत २२ वर्षदेखि मनोहराका सुकुमबासीहरुले विभिनन समस्या झेल्दै आएको संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाको उपाध्यक्ष सिवी लामा बताउँछन्। मनोहरा जग्गा एकीकरणले वर्षौदेखि सुकुमबासीलाई समस्या दिइरहेको उनी बताउँछन्। ‘रणनितीक ढंगले हामीलाई यहाँबाट उठिबास लगाउन चाहेको छ। हामीसँग सल्ला सहमती नगरि हामीलाई विस्तापित गर्न मनोहरा जग्गा एकीकरण आइरहेको छ। यसले बस्ती भित्र खोला कुदाउने र खोला वरिपरीका अ‍ैलानी गज्जा प्लटिगं गरेर खाने ठुलो चलखेल भइरहेको छ,’ उनी भन्छन्,‘तर हामी यो हुन दिने छैनौं। बरु आफ्नो ज्यान दिन तयार छौं।’
यसको विरुद्धमा पटक पटक आवाज उठाउँदै आएको पनि उनी बताउँछन्। २ वर्षदेखि मनोहरा सुकुमबासी बस्तीमा बाढी पसेर धनजनको धेरै क्षति हुँदै आएको छ। तर, समस्या समाधानमा कसैले चासो नदिएको उनको आरोप छ। सुकुमबासी बस्तीलाई असर नगर्ने गरि खोलामा तटबन्ध गर्न पनि लामाले माग गरे।

 
‘जनताको स्थानीय सरकार भनिएको छ। हामीले नै भोट दिएर वडा अध्यक्ष, मेयर भएका छन्, । लामा भन्छन्, ‘तर, गरिबलाई हेर्ने कोहि भएनन् र हेर्ने पनि छैनन्।
यस्तै, जन्मदर्ता, मृत्यु दर्ता लगायत व्यक्तिगत घटनाको काम समेत मनोहराका सुकुमबासीलाई उपलब्ध नगराएको उनले बताए। लामा भन्छन्, ‘जन्म दर्ता मृत्यु दर्ताको लागि पूर्जा चाहियो भन्छ। सुकुमबासीको पूर्जा हुन्छ र ? यो सरकारले गलत काम गरिरहेको छ। कानुनलाई हातमा लिएर यस्तो हर्कत सच्याइयोस्।’
आफूहरुले लिखित तथा मौखिक रुपमा पटक पटक माग गरिरहेको पनि उनी बताउँछन्। साथै बसोबासको आधारमा लालपूर्जा दिन पनि उनले आग्रह गरे।
‘यहाँ २१४ रोपनी जमिन छ। हामी सय रोपनीमा मात्र बसोबास गरिरहेका छौं। अरु जग्गा खोई ?’ उनी भन्छन्, ‘वार्ताबाट समस्या हल गर्नुपर्छ। तर केहि माफियाहरुले यहाँको समस्या हल गर्न चाहिरहेका छैनन्।’

नेपाल कम्युनिट पार्टीले सुकुमबासीको घाउमा मलहम लगाउँदै

नेपाल कम्युनिष्ठ पार्टीले मनोहराका सुकुमबासीहरुको घाउमा मलहम लगाउँदै आएको छ। बस्तीमा बाढी पस्दा होस्, वा कुनै आन्दोलन गर्नुपर्दा होस्, सुकुमबासीको समस्याका लागि सधै साथमा हुन्छ, नेपाल कम्युनिट पार्टी।
सुकुमबासी भूमिहीनको समस्या समाधान गर्न भूमि आयोग, भूमि मन्त्रालय, वागमती सभ्यता, महानगर, वडा कार्यालय पनि छ। तर, कसैले पनि सुकुमबासीको दुःख पीडा नबुझेको नेपाल कम्युनिट पार्टीका नेता अपार सी भक्तपुर जिल्ला समिती सचिवालय सदस्य तथा मध्यपुर ठिमि नगर इन्चाजले बताए।
देश संघीयतामा गएपछि हरेक नागरिकले वडाबाटै सेवा सुविधा पाउनु पर्ने हो तर, वडा अध्यक्षले नै भूमिहिन सुकुमबासी छैन भन्दै हिडेको उनी बताउँछन्।

त्यस्तै अर्का  नेपाल कम्युनिट पार्टीका सेक्रोटरी नेता देव सी भनु हुन्छ
एक पटक बागमती सभ्यताले तथ्यांक संकलन गर्ने भनेर दुई चार दिन केही कर्मचारी मनोहरा सुकुमबासी बस्ती पुगेका थिए। तर, त्यहाँदेखि दोहोर्याएर सुकुमबासी बस्ती फर्किएका छैनन्।
भूमिहिनको समस्या समाधान गर्न १६ पटकसमम आयोग गठन गर्दा समेत समस्या समाधान नहुनु दुखत भएको उनी बताउँछन्।
‘यतिका वर्षसम्म पनि सुकुमबासीको समस्या समाधान गर्दैन भने किन आयोग गठन गरियो। राज्यको ढुकुटी सिध्याउनमात्र ? होइन भने किन आयोगले काम गर्दैन?’ आक्रोशित हुँदै उनी भन्छन्,। अध्ययन गरेर तत्कास सुकुमबासीको समस्या समाधान गर्नु पर्यो। सुकुमबासी समस्या भनेको राज्यको समस्या भएको उनी बताउँछन्।
मनोहराको मात्र समस्या नभई देशभर ७७ लाख सुकुमबासीको उस्तै समस्या रहेको उनको भनाई छ। त्यसकारण सरकारले तत्काल समस्या समाधान गर्नु पर्ने उनको माग छ।

‘यहाँका सुकुमबासीको पक्षमा हामी सधै बोल्दै आएका छौं। उहाँहरुको समस्यामा हामो एकिबद्धता छ,’ उनी भन्छन्, ‘सरकारले नेताले सुकुमबासी, भूमिहिनलाई नहेरेर आफ्नो मान्छेहरुलाई मात्र काखि च्यापिरहेको छ। हाम्रो पाटीले पटक पटक बाढी आउँदा उद्धार गर्दै उहाँहरुको सम्स्यामा हातेमालो गर्दै अघि बढेको छ। नेपाल कम्न्युष्ट पार्टीले सुकुमबासीको पक्षमा । यो बस्तीमा सधै उहाँहरु सो सरह भएर उहाँहरुको समस्यालाई आफ्नो समस्या ठानेर बारम्बार सहयोग गर्दै आएका छौं। र आगामी दिनमा पनि सहयोग गर्दै जाने छौं। तर, सधै यसरी भएन। सरकारले अब चाँडो समस्या समाधान गर्नुपर्छ।’
मनोहरा बस्तीको मात्र होइन। काठमाडौं उपत्यकामा जति पनि सुकुमबासी बस्ती छन् । सरकारी निकायले पटक पटक बस्ती हटाउने कोसिस गरिरहेका छनन् । तर, उनीहरुले वैकल्पिक व्यवस्था सहित सुकुमबासी हटाउन माग गर्दै आएका छन्।

भिडियो लिङ

साताकाे चर्चित
सम्बन्धित