काठमाडौं ।
मछिन्द्र क्लबका छिरिङ गुरुङ घाइते भएका छन् । इन्जुरी टाइममा बल क्लियर गर्ने क्रममा अनियन्त्रित भएका उनी आफ्नै टिममेटसँग ठोक्किएका थिए ।
उनको नाकबाट रगत आएको छ ।
खेलाडी बिमल घर्ती मगरले बताएअनुसार उनी बेहोस जस्तै थिए, उनलाई प्राथमिक उपचारपछि मैदानबाटै एम्बुलेन्समा राखेर अस्पताल लगिएको छ ।