खेलाडी छनोट अनुकूल समय नमिल्दा रनिङशिल्डमा सिँजाले भाग लिन सकेन
खेलाडी छनोट अनुकूल समय नमिल्दा रनिङशिल्डमा सिँजाले भाग लिन सकेन
    • उमेश बुढा

    • २८ चैत्र २०७९, मंगलवार

जुम्ला ।

१३ औं राष्ट्रपति रनिङ शिल्ड जिल्ला स्तरिय, माध्यमिक विद्यालय बिच प्रतिस्पर्धामा सिँजा गाउँपालिका खेलमा सहभागी हुन सकेको छैन् ।

फागुनमा पालिकालाई रनिङ शिल्डको तयारिकालाई पत्र आएको थियो, त्यतिखेर शैक्षिकसत्र सुरु भएको र विद्यालयमा विद्यार्थीको उपस्थिति कम भएकोले खेलाडी छनोट गर्न सकिएको थिएन । सिजा गाउँपालिका खेलकुद तथा शिक्षा शाखा प्रमुख सङ्कर धितालले बताए ।

फेरि खेल स्थगित गरि कहिले खेल सुरु हुने हो । पालिकालाई जानकारी नहुनु जसले खेलाडी छनोट गर्न अन्योलता भएको धितालले बताए ।

तत्काल ३ दिन अगाडि फोन गरेर विद्यार्थी पठाउनु भनेर खबर गर्नुले सिँजा पालिकाले ३ दिन भित्र विद्यार्थी छनोट गर्न नसकिने भन्दै खेलमा भाग नलिएको उनले भने, प्राविधिक अन्योलता तथा नितिगत अस्पष्टता राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालनको जिम्मेवारी निकायले चन्दननाथ नगर पालिकालाई जिम्मेवारी दिनु र पालिकाले विद्यालयलाई बजेट जम्मा गरि जिम्मेवार निकायले जिम्मेवारी नहुनु धितालले दोष लगाउनु भयो ।

जुम्लाका ८ पालिका मध्ये ६ ओटा पालिकाले रनिङ शिल्डमा भाग लिएका छन् । हिमा, तिला, कनकासुन्दरी , तातोपानी चन्दननाथ र पातारासी खेलमा सहभागी भएका छन् भने सिजा र गोठिचौर गाउँपालिका सहभागी भएका छैनन् ।
आगामी चैत्र २९ गते सम्म ३ दिन रनिङ शिल्ड सञ्चालन हुने र १३ औं राष्ट्रपति रनिङ शिल्डको जुम्लाका स्वतन्त्र प्रदेश सांसद देवेन्द्र वहादुर शाहीले उद्घाटन गर्नु भएको हो ।

साताकाे चर्चित
सम्बन्धित