चिनियाँ पर्यटकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत
चिनियाँ पर्यटकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत
    • Bell Sanchar

    • ३० चैत्र २०७९, बिहीबार

काठमाडौं ।

नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा नेपाल भ्रमणमा आएका चिनियाँ पर्यटकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरिएको छ ।

चिनियाँ पर्यटकहरुलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत छेन् सङ लगायतले खादा माला लगाइदिएर स्वागत गरे ।

आज बिहान १८१ जना चिनियाँ पर्यटकहरु हिमालय एयरलाइन्सको विमान चार्टर गरेर नेपाल भ्रमणमा आएका हुन् ।

विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले भने, ‘एकै लटमा यति धेरै पर्यटकहरु नेपाल आउनु हाम्रो लागि खुसीको कुरा हो, त्यसैले मन्त्रीज्यू, राजदूत र हामीहरु विमानस्थलमै पुगेर स्वागत गर्यौं ।’ ७०० चिनियाँ पर्यटकहरु नेपाल भ्रमणमा आउन लागेको र त्यही समूहको पहिलो लट आज आएको लुइँटेलको भनाइ छ ।

पर्यटकहरुलाई नेपाली मौलिक बाजा पञ्चेबाजा बजाएर पनि स्वागत गरिएको छ । पर्यटकहरुले नेपाल र चीनको झण्डा बोकेका थिए ।

साताकाे चर्चित
सम्बन्धित