ताइवानको उत्तरी भागमा चीनले नो फ्लाई जोन बनाउने, उडान प्रभावित
ताइवानको उत्तरी भागमा चीनले नो फ्लाई जोन बनाउने, उडान प्रभावित
    • बेल संचार

    • ३० चैत्र २०७९, बिहीबार

काठमाडौं ।

चीनले ताइवानको उत्तरी आकाशमा आगामी आइतवार नो फ्लाई जोन लगाउने भएपछि लगभग ३३ वटा उडान प्रभावित हुने ताइवानको आधिकारिक समाचार संस्था सीएनएले खबर दिएको छ ।

शुरूमा चीनले ताईपेईलाई अप्रिल १६ देखि १८ सम्म नो फ्लाई जोन लगाउने सूचना दिएको थियो ।

तर ताइवानले त्यसको विरोध गरेपछि आइतवार बिहान २७ मिनेटका लागि नो फ्लाई जोन लागू गर्न लागिएको हो ।

यसले गर्दा उक्त आकाशमाथि भएर उड्ने विमानहरू बढी दक्षिणतिर लामो रूटमा जानुपर्ने भएको छ ।

ताइवानकी राष्ट्रपति त्साई इङ–वनले अमेरिकी संसद्का सभामुख केभिन मककार्थीलाई गत साता क्यालिफोर्नियामा भेटेपछि चीनले ताइवना वरपर कडा सैन्य अभ्यास गरिरहेको छ ।

त्यसैक्रममा उसले नो फ्लाई जोनको घोषणा पनि गरेको हो ।

साताकाे चर्चित
सम्बन्धित