सरकारले पहिलोपटक जुगल हिमाल आरोहणका लागि अनुमति खुला ,यी हुन् मन्त्रिपरिषद्‍का १४ निर्णय
सरकारले पहिलोपटक जुगल हिमाल आरोहणका लागि अनुमति खुला ,यी हुन् मन्त्रिपरिषद्‍का १४ निर्णय
    • Bell Sanchar

    • ३० चैत्र २०७९, बिहीबार

काठमाडौं । 

सरकारले पहिलोपटक जुगल हिमाल आरोहणका लागि अनुमति खुला गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा जुगल हिमशृङ्खला अन्तर्गतका हिमचुलीहरू पर्वतारोहणका लागि खुला गरेको हो ।

यो हिमालमा आरोहण खुला भएसँगै पर्यटकको लागि नयाँ गन्तव्य बन्ने पनि पर्यटन मन्त्रालयको भनाइ छ ।

सरकारले पहिलोपटक कुखुराको दानाको गुणस्तर निर्धारण गर्नेसमेत निर्णय गरेको छ । कुखुराको दानाको गुणस्तर वा मात्रा निर्धारण गर्ने निर्णय गरेको छ ।

सरकारले चैत २४ गतेको बैठकबाट ६ जना उपसचिवलाई सहसचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

गृह मन्त्रालयको प्रस्तावमा प्रहरी नायव महानिरीक्षकहरु सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधारी र टेकबहादुर तामाङलाई नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिर्देशकमा बढुवा गर्ने निर्णय पनि गरेको छ ।

साताकाे चर्चित
सम्बन्धित