काठमाडौ ।
किलियन एमबाप्पे फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि फ्रेन्च लिग वानमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।
लिग वानमा शनिबार लेन्सलाई ३-१ ले हराउँदा ३१औं मिनेटमा पहिलो गोल गरेका एमबाप्पेले उक्त कीर्तिमा बनाएका हुन् ।
लिगमा १६९ खेल खेल्दै १३९ गोल गरेका उनले एडिनसकन कभानीको कीर्तिमान तोडे ।
पीएजीका लागि भिटिन्हाले ३७औं र ४०औं मिनेटमा लिओनल मेसीले गोल गरे । त्यसअघि खेलको १९औं मिनेटमा लेन्सका अब्दुल समेत रातो कार्ड पाउँदै बाहिरिएका थिए ।
लेन्सका लागि ६०औं मिनेटमा प्रेमाइस्ल फ्रांनकोस्कीले पेनाल्टीमा सान्त्वना गोल गरे ।जितपछि पीएसजीले दोस्रो स्थानको लेन्समाथि ९ अंकको अग्रतासमेत बनाएको छ ।
३१ खेलबाट पीएसजीले ७२ अंक जोडेको छ भने लेन्सको समान खेलबाट ६३ अंक छ ।