रसुवागढीबाट भित्रन थाले पर्यटक
रसुवागढीबाट भित्रन थाले पर्यटक
    • Bell Sanchar

    • ५ बैशाख २०८०, मंगलवार

काठमाडौं ।

कोरोना भाइरसको महामारीपछि बन्द भएको नाका पूर्ण रुपमा सुचारु भएसँगै चीनबाट स्थलमार्ग हुँदै पर्यटक भित्रन थालेका छन् ।

अध्यागमन विभागका अनुसार रसुवागढी नाकाबाट पर्यटक भित्रन थालेका छन् । विभागको तथ्यांक अनुसार सोमबार रसुवागढी नाका हुँदै १७ जना चिनियाँ नागरिक नेपाल आएका छन् ।

जसमा ३ जना महिला छन् ।

यो नाकाबाट २४ जना चिनियाँ बाहिरिएका छन् । जसमा ७ जना महिला छन् ।

नेपालमा यस दिन कुल ६ हजार २०८ जना विभिन्न नाका हुँदै नेपाल भित्रिएका छन् । जसमा भारतीय स्थल नाकाबाट भित्रने भारतीय र नेपाली नागरिकको भने गणना हुँदैन ।

चीनतर्फका अन्य नाकाबाट भने यात्रु अझै भित्रिएका छैनन् ।सोमबार त्रिभुवन विमानस्थलबाट कुल ५ हजार ९८० जना नागरिक नेपाल भित्रिएकोमा २ हजार ८५७ जना पर्यटक हुन् ।

काकडभिट्टा नाकाबाट ३८ जना भित्रिएकोमा ६ जना विदेशी हुन् । वीरगञ्जबाट ६ जना तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिए ।

बेलहियाबाट ५७ जना विदेशी नागरिक नेपाल आएका छन् । यस दिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आएका कुल १०३ जना मध्ये सबै नेपाली नागरिक थिए ।

साताकाे चर्चित
सम्बन्धित