काठमाडौं ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा दशौँ कलेजो प्रत्यारोपण सफल भएको छ ।
कलेजो प्रत्यारोपण सर्जन डा रमेशसिंह भण्डारी नेतृत्वको टोलीले मंगलबार (हिजो) शिक्षण अस्पतालमा दशौँ प्रत्यारोपण गरेको हो ।
भण्डारी नेतृत्वको टोलीले एक पुरुषमा कलेजो प्रत्यारोपण गरेको हो । ३१ वर्षीय पुरुषलाई ३० वर्षीया श्रीमतीले कलेजो दान गरेकी हुन् ।
अंग प्रत्यारोपणमध्ये कलेजो प्रत्यारोपणलाई बढी जटिल मानिन्छ । नेपालमा वार्षिक २०० हाराहारी कलेजो प्रत्यारोपण गर्नुपर्ने बिरामी रहेको अनुमान छ ।
प्रत्यारोपण सेवालाई दिगो बनाउन नसके नेपालमा पीडा बढ्ने डा. भण्डारी बताउँछन् । डा. भण्डारीका अनुसार अपेक्षा अनुरूप कलेजो प्रत्यारोपण सेवा अगाडि बढ्न सकेको छैन ।