र्‍यापर बादशाहले गीतमा शिव भगवानको गलत उपयोग गरेको भन्दै विवाद (भिडियो)
र्‍यापर बादशाहले गीतमा शिव भगवानको गलत उपयोग गरेको भन्दै विवाद (भिडियो)
    • Bell Sanchar

    • ६ बैशाख २०८०, बुधबार

भारतका प्रख्यात र्‍यापर बादशाहले नयाँ गीतमा भगवान् शिवको नामको गलत उपयोग गरेको भन्दै सन्त र महन्तहरूले आपत्ति जनाएका छन् ।

भगवान् भोलनाथको नाम लिँदै बादशाहले अश्लील शब्दको पनि उपयोग गरेका छन् ।

उज्जैनको महाकाल मन्दिरका पुजारीहरूले पनि गीतमा आपत्ति जनाएका छन् ।

भगवान् शिवको नाम लिने भए भजन बनाउन र त्यसलाई प्रख्यात बनाउनतिर लाग्नुपर्ने उनीहरूको भनाइ छ ।

आफ्नो प्रसिद्धिका लागि भगवानको नामको गलत उपयोग गर्न नहुने उनीहरू बताउँछन् ।

यसबाट सनातन संस्कृतिको मजाक उडाइएको र यसलाई आफूहरूले नसहने उनीहरूको कथन छ ।

बादशाहको गीतको अन्तरामा ‘ज्ञान बाँड्दै हिँड्छु…अश्लील शब्द…हिट हान्दै हिँड्छु…तीन तीन रात लगातार जाग्छु, भोलेनाथसँग मेरो दोस्ती छ’ भनिएको छ ।

साताकाे चर्चित
सम्बन्धित