जाजरकोट ।
जाजरकोट र रूकुम पश्चिम जोड्ने गरी भेरी नदीमा निर्माण भइरहेको बेलिब्रिज भाँचिदा ६ जना घाइते भएका छन् ।
जाजरकोट-डोल्पा सडक खण्ड अन्तरगत जाजरकोटको तल्लुबगर र रुकुम पश्चिमको आठविसकोट जोड्ने निर्माणाधीन अवस्थाको बेलिब्रजि भाँचिएको हो ।
घाइतेहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र डल्लीमा ल्याएको र जाजरकोट प्रहरीले जनाएको छ ।
प्रत्यक्षदर्शीले केही नदीमा बगेर वेपत्ता भएको बताए पनि त्यसको पुष्टि नभएको प्रहरीले जनाएको छ ।