भारतको राजधानी दिल्लीको साकेत अदालत परिसरमा शुक्रवार बिहान गोली चलेको छ । वकिलको पहिरन लगाएर आएका एक पुरुषले परिसरभित्र महिलामाथि गोली प्रहार गरेका हुन् ।
परिसरमा सुरक्षाका लागि मेटल डिटेक्टर राखिएको भए पनि यस्तो घटना हुन पुग्दा आश्चर्य मानिएको छ ।
मुद्दाको तारिख खेप्न अदालत पुगेकी महिलालाई मुख्य प्रवेशद्वार नजिक नै गोली प्रहार गरिएको थियो ।
आरोपित व्यक्तिले महिलामाथि चारवटा गोली हानेको थियो । महिलाको पेट र अन्य भागमा गोली लागेको छ र स्वास्थ्यस्थिति गम्भीर छ ।
पहिला पनि अपराध गरिसकेको व्यक्तिका रूपमा आक्रमणकारीको पहिचान भएको छ । घटना गराएपछि ऊ फरार भएको छ ।
महिला र उक्त पुरुषबीच पैसाको लेनदेनका विषयमा विवाद थियो ।
दिल्ली प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।