भारतसँग युद्ध हुन सक्ने पाकिस्तानका रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफको दाबी
भारतसँग युद्ध हुन सक्ने पाकिस्तानका रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफको दाबी
    • बेल संचार

    • १० बैशाख २०८०, आईतवार

पाकिस्तानका रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफले भारतसँग युद्ध हुन सक्ने भएकाले पञ्जाबमा चुनाव गर्न ढिलाइ गरेको बताएका छन् । उनले भने, ‘पञ्जाब प्रान्तमा चुनाव भएमा देशमा अस्थिरता बढ्छ । त्यसबाट भारतले जल विवाद र जातीय विवाद लगायतका विषयमा फाइदा लिन पाउँछ ।’

पाकिस्तान सरकारले त्यहाँको सर्वोच्च अदालतमा बुझाएको एक प्रतिवेदनअनुसार, पाकिस्तान ग्लोबल ग्रेट गेमको शिकार बन्नेछ । त्यसमा भारतको महत्त्वपूर्ण भूमिका छ ।

पाकिस्तान अहिले सीमापार आतंकवाद, अस्थिरता, भारतीय जासूसी निकाय रअ तथा युद्धको जोखिमको सामना गरिरहेको छ । यस्तोमा चुनाव गर्नु देशहितमा हुने छैन ।

पाकिस्तानमा पञ्जाब चुनावका विषयमा लामो समयदेखि विवाद चलिरहेको छ । शहबाज शरीफको सरकार अक्टोबरसम्म चुनाव नहोस् भन्ने चाहन्छ भने पूर्व प्रधानमन्त्री इमरान खान छिटो मतदान गराउनुपर्ने पक्षमा छन् ।

यो मुद्दा सर्वोच्च अदालतमा पुगेको छ । अदालतले मे महिनाभित्र चुनाव गर्न निर्वाचन आयोगलाई आदेश दिएको छ ।

तर सरकारले अदालतको आदेश मानेन अनि अक्टोबरमा चुनाव गराउन दिनुपर्ने निवेदन गर्‍यो । अहिले अदालतले त्यसमा सुनुवाइ गरिरहेको छ ।

सुनुवाइका क्रममा सरकारले भारतसँग युद्धको आशंकाका बीच तत्काल चुनाव गराउन नहुने जिकिर लिएको छ । एजेन्सी

साताकाे चर्चित
सम्बन्धित