चितवन क्षेत्र नम्बर २ को उपचुनावमा गत मंसिरको भन्दा कम मत खस्यो
चितवन क्षेत्र नम्बर २ को उपचुनावमा गत मंसिरको भन्दा कम मत खस्यो
    • Bell Sanchar

    • १० बैशाख २०८०, आईतवार

चितवन ।

चितवन क्षेत्र नम्बर २ को उपचुनावमा गत मंसिरको भन्दा कम मत खसेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अधिकांश मतदान केन्द्रमा मंसिरको तुलनामा कम मत खसेको छ ।

मंसिरमा पहिला ६७.६३ प्रतिशत मत खसेकोमा अहिले ६० प्रतिशत भन्दा कम मत खसेको छ ।

केही मतदान केन्द्रमा अहिले पनि मतदाता लाइनमा रहेकाले मतदान जारी छ ।

५ बजेसम्ममा मतदान केन्द्रमा पुगेर लाइन बसेकाले मत हाल्न पाउँछन् ।

चितवन २ मा कुल मतदाता १ लाख २४ हजार ६९८ छन् ।

मंसिर ४ को चुनावमा ८४ हजार १७ मत खसेकोमा अहिले त्यो भन्दा कम खसेको हो । त्यतिबेला १ लाख २४ हजार २१७ मतदाता थिए ।

साताकाे चर्चित
सम्बन्धित