अस्ट्रेलियाले सार्वजनिक गर्‍यो नयाँ सुरक्षा समीक्षा
अस्ट्रेलियाले सार्वजनिक गर्‍यो नयाँ सुरक्षा समीक्षा
    • बेल संचार

    • ११ बैशाख २०८०, सोमबार

अस्ट्रेलिया सरकारले लामो दूरीको सटीक निशाना लगाउने हतियारहरू राष्ट्रिय स्तरमा उत्पादन गर्ने कामलाई प्राथमिकता दिने भएको छ ।

सोमवार अस्ट्रेलियाले सार्वजनिक गरेको सुरक्षा समीक्षामा यसको उल्लेख छ ।

समीक्षामा अमेरिका हिन्द प्रशान्त क्षेत्रको एकध्रुवीय नेता नरहेको उल्लेख छ । अमेरिका र चीनको प्रतिस्पर्धाले यस क्षेत्रलाई परिभासषत गरिरहेको र प्रमुख शक्ति प्रतिस्पर्धाले द्वन्द्वको सम्भाव्यता बोकेको बताइएको छ ।

आफ्नो देशको उत्तरी भागमा रहेका सैन्य अखडाहरूले शत्रुलाई रोक्ने अनि व्यापारिक मार्ग तथा सञ्चारको संरक्षण गर्ने समीक्षामा उल्लेख छ ।

प्रधानमन्त्री एन्थोनी एल्बनिजीले यो समीक्षा दोस्रो विश्वयुद्धपछिकै सबभन्दा उल्लेख्य काम भएको बताए ।

‘विश्वमा हाम्रो राष्ट्रिय सुरक्षामाथिको चुनौती विकसित हुँदै गरेको यसले देखाउँछ,’ एल्बनिजीले पत्रकारहरूलाई बताए, ‘हामी पुरानो अनुमानमा अडिएर बस्न पाउँदैनौं । भविष्यले हामीलाई आकार दिनुभन्दा पनि हामीले भविष्यलाई आकार दिने गरी सुरक्षा बलियो बनाउनुपर्छ ।’

चीनले दोस्रो विश्वयुद्धपछिकै सबभन्दा ठूलो सैन्यशक्ति बटुलिरहेको, आफ्नो उद्देश्य स्पष्ट नपारेको अनि अस्ट्रेलियाको छिमेकमा रणनीतिक प्रतिस्पर्धा गरेको समीक्षामा लेखिएको छ ।

यस गोप्य प्रतिवेदनको सार्वजनिक संस्करण आज प्रकाशित गरिएको हो । यसमा अस्ट्रेलियाले क्षेत्रीय द्वन्द्वका रूपमा उच्च रणनीतिक जोखिमबाट जोगिन सकिने उल्लेख छ ।

साताकाे चर्चित
सम्बन्धित