चितवन-२ मा नेपाली कांग्रेसका उम्मेदवार जीत नारायण श्रेष्ठले दिए रवि लामिछानेलाई बधाई
चितवन-२ मा नेपाली कांग्रेसका उम्मेदवार जीत नारायण श्रेष्ठले दिए रवि लामिछानेलाई बधाई
    • Bell Sanchar

    • १२ बैशाख २०८०, मंगलवार

dav

चितवन ।

चितवन-२ मा नेपाली कांग्रेसका उम्मेदवार जीत नारायण श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेलाई बधाई दिएका छन् ।

३७ हजारबढी मतान्तरले अगाडि रहेका रविको जित सुनिश्चित भइसकेको छ ।

मतगणनास्थलमा पुगेर कांग्रेस उम्मेदवार श्रेष्ठले रास्वपाका सभापतिसमेत रहेका रविलाई बधाई दिए ।

रवि अब आफ्नो पनि जनप्रतिनिधि भएको भन्दै उनले प्रतिस्पर्धीका रुपमा रविको रचनात्मक काममा सहयोग गर्ने बताए ।

उनले भने, ‘जनप्रतिनिधिलाई एउटा प्रतिस्पर्धीका रुपमा नकारात्मक होइन, सकारात्मक सहयोग रहन्छ ।’

जनताले परिर्वतन खोजेको र परम्परागत दलहरुले आफ्ना कमजोरीलाई सच्याउनुपर्ने बताए ।

रास्वपा सभापति रविले पनि सबैसँग सहकार्य गर्ने भन्दै रचनात्मक सहयोगको अपेक्षा रहने बताएका छन् ।

जनताले परिवर्तन चाहियो भनेर घन्टी बनाएको भन्दै उनले भने, ‘यो अपेक्षामा हामी खरो रुपमा उभिने छौं । सबै मिलेर काम गर्नेछौं ।’

साताकाे चर्चित
सम्बन्धित