प्रतिनिधिसभाले संसदीय सुनुवाइ समितिका १२ सदस्यको टुंगो लगाउने
प्रतिनिधिसभाले संसदीय सुनुवाइ समितिका १२ सदस्यको टुंगो लगाउने
    • Bell Sanchar

    • १३ बैशाख २०८०, बुधबार

काठमाडौं ।

प्रतिनिधिसभाले बुधवार संसदीय सुनुवाइ विशेष समिति गठन गर्ने भएको छ । दिउँसो ३ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले संसदीय सुनुवाइ समितिमा रहने सदस्यको नाम प्रस्ताव गर्ने कार्यसूची छ ।

दलहरुबीच सुनुवाइ समितिमा रहने सदस्यहरुको टुंगो लागिसकेको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेले चार/चार सदस्य पाउने छन् भने नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा र जसपाले एक/एक सदस्य पाउने सोमवार सहमति भएको थियो ।

प्रतिनिधिसभाका १२ र राष्ट्रियसभाका ३ गरी सुनुवाइ समिति १५ सदस्सीय हुने संवैधानिक व्यवस्था छ ।

संसदीय सुनुवाइ समिति गठनमा भएको ढिलाइले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया प्रभावित भएको थियो ।

संवैधानिक परिषद्ले सिफारिस गरेपछि संसदीय सुनुवाइबाट अनुमोदन भएपछि मात्र प्रधानन्यायाधीशको नियुक्ति हुने व्यवस्था छ ।

साताकाे चर्चित
सम्बन्धित