समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्छः खिमलाल देवकोटा
समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्छः खिमलाल देवकोटा
    • Bell Sanchar

    • १३ बैशाख २०८०, बुधबार

काठमाडौं।

राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने बताएका छन् ।

बुधवारको राष्ट्रिय सभा बैठकमा शुन्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य देवकोटाले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने धारणा राखेका हुन् ।

उनले समानुपातिक, समावेशी सहभागितालाई प्रत्यक्ष निर्वाचन प्रणालीमै समावेश गर्नुपर्ने बताए ।
त्यस्तै प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको क्रमशः १६५ र ३३० मात्र बनाउनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘समानुपातिक, समावेशी सहभागितालाई प्रत्यक्ष निर्वाचन प्रणालीमै समावेश गरी समानुपातिक निर्वाचन प्रणाली खारेज गरौँ ।

प्रतिनिधि सभा र प्रदेशसभाको संख्या २७५ र ५५० बाट घटाएर क्रमशः १६५ र ३३० मात्र बनाऔँ ।’

देवकोटाले प्रधानमन्त्रीको कार्यकाल दुई पटक, सांसद वा मन्त्री तीन पटक र पार्टीको नेतृत्व दुई कार्यकाल भन्दा बढी नहुने व्यवस्था गर्नुपर्ने पनि बताए ।
उनले भने, ‘प्रधानमन्त्रीको कार्यकाल दुई पटक, सांसद वा मन्त्री तीन पटक र पार्टी दलको नेतृत्व दुई कार्यकाल भन्दा बढी नहुने व्यवस्था गरौँ।’

उनले सार्वजनिक संस्थान र संवैधानिक निकायजस्ता ठाउँहरुमा पार्टी कार्यकर्ता भर्ना गर्ने काम बन्‍द गर्नु पर्ने बताए ।

‘अदालत, संवैधानिक निकाय, राजदूत, विश्वविद्यालयमा दलीय भागबण्डा लगायतका आधारमा गरिने नियुक्ति र सार्वजनिक संस्थानहरुमा पार्टी कार्यकर्ता भर्ना गर्ने
काम बन्द गरौं,’ उनले भने, ‘नागरिकका समस्या र गुनासाहरु तत्कालै सम्बोधन हुने संयन्त्र बनाऔँ ।’

सुशासनको प्रत्याभुति हुने र भ्रष्टाचार निवारणका कार्यक्रमहरुलाई अभियानको रुपमा जैजानु पर्नेमा उनले जोड दिए ।

साताकाे चर्चित
सम्बन्धित