कतारविरुद्ध धरमरायो नेपाली पारी, ५ ब्याट्सम्यान सस्तैमा आउट
कतारविरुद्ध धरमरायो नेपाली पारी, ५ ब्याट्सम्यान सस्तैमा आउट
    • Bell Sanchar

    • १४ बैशाख २०८०, बिहीबार

एसीसी मेन्स प्रिमियर कपअन्तर्गत कतारसँगको खेलमा नेपाली पारी शुरूआतमै धरमराएको छ ।कीर्तिपुरमा १७ ओभर १ बलमा ६९ रन जोड्दा नेपालले ३ विकेट गुमाइसकेको छ ।

कप्तान रोहित पौडेल २७, आसिफ शेख १९, भीम सार्की ६, कुशल मल्ल ३ र कुशल भुर्तेल २ रन बनाएर आउट भएका छन् ।

यो खेलको नतिजाले समूह विजेताको टुंगो लाग्नेछ । नेपाल सेमीफाइनलमा भने पुगिसकेको छ ।

आजको खेल जितेमा अर्को समूहको उपविजेतासँग खेल्नेछ भने हारेमा विजेताको सामना गर्नुपर्नेछ ।

अर्को समूहमा पनि समूह विजेताको टुंगो लागेको छैन ।

कुवेतविरुद्धको खेल जितेमा हङकङ समूह विजेता हुनेछ भने अन्यथा यूएई अगाडि रहनेछ ।

साताकाे चर्चित
सम्बन्धित