आफूमाथि ट्रम्पले करणी गरेको लेखिकाले लगाइन् आरोप
आफूमाथि ट्रम्पले करणी गरेको लेखिकाले लगाइन् आरोप
    • Bell Sanchar

    • १४ बैशाख २०८०, बिहीबार

अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले आफूमाथि करणी गरेको भनी लेखिका ई. जीन क्यारोलले अदालतमा बयान दिएकी छन् ।

राष्ट्रपति बन्नुअघि व्यापारी छँदा नै सन् १९९६ मा ट्रम्पले महिलाको अन्तर्वस्त्र किन्ने क्रममा आफ्नो बलात्कार गरेको उनको भनाइ छ ।

‘डोनल्ड ट्रम्पले मलाई बलात्कार गरेको हुनाले अहिले म यहाँ छु,’ उनले जुरीका सदस्यहरूलाई बताइन्, ‘मैले यसबारेमा लेख्दा उनले यसो नभएको बताए ।

उनले झूटो बोलेर मेरो मानसम्मान ध्वस्त पारे र म आफ्नो जीवन पुनः प्राप्त गर्नका लागि यहाँ छु ।’

बयान दिने क्रममा क्यारोलको आँखामा आँसु आएको थियो ।

ट्रम्पले चाहिँ क्यारोलको भनाइ झूटो रहेको कुरा दोहोर्‍याउँदै यो ठग्ने नियतले गरिएको दाबी भएको बताएका छन् ।

‘यो ठग र झूटो कथा हो,’ उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखे ।

यस्तो टिप्पणी गरेपछि मुद्दाको सुनुवाइ गरिरहेका न्यायाधीशले ट्रम्पका वकिलहरूलाई थप कानूनी समस्या आउन सक्ने भनी चेतावनी दिएका छन् ।

ट्रम्पले पुर्पक्षमा अहिलेसम्म सहभागिता जनाएका छैनन् तर उनी बयान दिन आउन सक्ने भनी वकिलहरूले मंगलवार बताएका छन् । एजेन्सी

साताकाे चर्चित
सम्बन्धित