प्रधानमन्त्रीले बधाई दिन फोन गर्नुभएको थियो, सरकारमा जानेबारे सोचेका छैनौं , रवि लामिछाने
प्रधानमन्त्रीले बधाई दिन फोन गर्नुभएको थियो, सरकारमा जानेबारे सोचेका छैनौं , रवि लामिछाने
    • Bell Sanchar

    • १५ बैशाख २०८०, शुक्रबार

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई टेलिफोन गरेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा सदस्यको शपथ लिँदै उनले आफू चितवनबाट निर्वाचित भएकोमा प्रधानमन्त्रीले बधाई दिन फोन गरेको जानकारी दिए ।

‘म निर्वाचित भएकोमा बधाई दिन प्रधानमन्त्रीले फोन गर्नु भएको थियो तर सरकारबारे धेरै कुरा भएन,’ लामिछानेले भने ।

यद्यपि उनले सरकारलाई दिएको समर्थन फिर्ता लिने आफ्नो अभिव्यक्तिमा प्रधानमन्त्रीले चासो रोखेको बताए ।

उनले भने, ‘समर्थन फिर्ता लिने भन्ने सुनेको थिएँ, के हो भनेर प्रधानमन्त्रीले चासो राख्नुभयो ।’

मंगलबार चितवनमा पत्रकारहरुसँगको कुराकानीमा लामिछानेले सरकारलाई दिएको समर्थन कायमराख्नुको औचित्य नभएको बताएका थिए ।

यसबारे पत्रकारले सोधेको प्रश्नको जवाफमा उनले यथास्थितिमा सरकारमा नजाने र समर्थनबारे छलफल गरेर निचोडमा पुग्ने बताए ।

‘यथास्थितिमा सरकारमा जाने भन्ने कुरा हामीले सोचेको कुरा होइन,’ लामिछानेले भने, ‘धेरै कुरा मिल्नुपर्छ ।’

साताकाे चर्चित
सम्बन्धित