लोकस्टार जितेपछि बलराम भन्छन्- रेकर्ड नभएका गाउँघरका गीतको खोजमा लाग्छु
लोकस्टार जितेपछि बलराम भन्छन्- रेकर्ड नभएका गाउँघरका गीतको खोजमा लाग्छु
    • Bell Sanchar

    • १५ बैशाख २०८०, शुक्रबार

काठमाडौं ।

रुकुम पश्चिमका बलराम विश्वकर्माले हिमालय लोकस्टारको उपाधि जितेका छन् ।

लोकसंगीतमा आफूलाई सफल तुल्याउने उद्देश्य बोकेर संघीय राजधानी काठमाडौं छिरेका यी २७ वर्षीय ठिटोले जितपछि सांगीतिक करिअरलाई केही पृथक ढंगले अघि बढाउने योजना बुनेका छन् ।

जितपछि अनलाइनखबरसँग कुरा गर्दै उनले गाउँघरमा गुञ्जिने र रेकर्ड नभएका गीतको अनुसन्धान गर्ने आफ्नो पहिलो प्राथमिकता हुने बताए ।

तीन वर्षअघि विष्णु माझीसँग मिलेर उनले गाएको ‘आज मुटु’ हिट भएको थियो । यो गीतपछि उनले संगीतवृत्तमा चर्चा बटुले । प्रस्तुत छ, कलाकार विश्वकर्मासँगको संक्षिप्त कुराकानी

जितलाई कसरी लिनुहुन्छ ?

जितको सन्दर्भमा मलाई परिकल्पना नगरेको कुरा महसुस भएको छ आफूले आफूलाई ।

दर्शकवृन्दले जसरी रुचाइदिनुभयो, जुन किसिमको सद्भाव र आशिर्वाद दिनुभयो, धेरै खुसी र जिम्मेवारी थपिएको महसुुस गर्छु मैले ।

जितेपछि तपाईको सांगीतिक करिअरलाई कसरी अघि बढाउने विचारमा हुनुहुन्छ ?

यो बीचमा एउटा जिम्मेवारी थपिएको महसुस भएको छ । सकेसम्म नेपाली मौलिकता, नेपाली कलासंस्कृति, विभिन्न भाषा, धर्म, संस्कृतिमा नेपाली गीतसंगीतभित्र अनुसन्धान र खोजमूलकलाई बढी प्राथमिकता दिन्छु । मौलिकतामा सकेसम्म नयाँपनमा प्राथमिकता दिनेछु ।

अनुसन्धान र खोज भनेर कुन कुरालाई इंगित गर्न खोज्नुभएको हो ?

अहिले पनि रेकर्ड नभएका गीतसंगीत गाउँमा बजिराख्या हुन्छन् । विभिन्न खालको संस्कृति हुन्छ । मध्य क्षेत्रको आफ्नै संस्कृति छ, पूर्वको आफ्नै छ ।

सकेसम्म रेकर्ड नै नभएका गीतहरु, त्यहाँको समुदायले के कुरा रुचाउँछ ? के कुरा हामीले प्रस्तुत गर्दा चाहिं मलाई के मनपर्छ होइन, उहाँहरुलाई के कुरा मनपर्छ भन्ने कुरालाई पहिलो प्राथमिकतामा राख्छु ।

पछिल्लो समय नेपाली मौलिक गीतमा संकट देखिएको भन्ने गुनासो छ, अवस्था यस्तै हो ?

संगीतमा विकृति एकदमै देखिएको छ । किनभने हामी चाहिं नेपाली मौलिकताको कार्यक्रममा छौं । यस्तो उद्देश्य भनेको पनि नेपाली माटो, मौलिक संस्कृतिलाई जगेर्ना गर्नु हो । यो माटोमा विकृति र विसंगतिले स्थान पाउनुहुन्न ।

जितपछि कस्तो फिडब्याक पाउनुभयो ?

असाध्यै राम्रो प्रतिक्रिया छ । जिल्लाबाट पनि सम्मानको लागि बोलाउनुभएको छ । केही दिनमा जिल्लामा जाने तयारीमा छु ।

मन पराएको सिर्जनामा आदरणीय व्यक्तिसँग जोडिएर गीत गाउन सकुँ भन्ने लागेको छ ।अनलाइनखबर

साताकाे चर्चित
सम्बन्धित