भारतको लुधियानास्थित गियासपुरा क्षेत्रमा आइतवार बिहान अचानक ग्यास लीक हुँदा ११ जनाको मृत्यु
भारतको लुधियानास्थित गियासपुरा क्षेत्रमा आइतवार बिहान अचानक ग्यास लीक हुँदा ११ जनाको मृत्यु
    • बेल संचार

    • १७ बैशाख २०८०, आईतवार

काठमाडाैं

भारतको लुधियानास्थित गियासपुरा क्षेत्रमा आइतवार बिहान अचानक ग्यास लीक हुँदा ११ जनाको मृत्यु भएको छ ।

उक्त क्षेत्रलाई प्रहरी अधिकारीले सीलबन्दी गरेका छन् भने उद्धारका लागि फायर ब्रिगेडलाई बोलाइएको छ ।

घटनामा चारजना घाइते भएका छन् । मृत्यु हुनेमा पाँच महिला र ६ पुरुष छन् ।

नेशनल डिजास्टर रेस्पोन्स फोर्सलाई सहायताका लागि बोलाइएको छ । चिकित्सकहरूको टोली पनि घटनास्थल पुगेको छ ।

सथनीय समयअनुसार, बिहान सबा ७ बजेतिर दमकल अधिकारीहरूलाई फोन आएको थियो ।

उनीहरू घटनास्थलमा पुग्दा मानिस सडकको छेउमा बेहोश भएर लडिरहेको अवस्थामा फेला परेका थिए ।

एजेन्सी

साताकाे चर्चित
सम्बन्धित