बैतडीको दोगडाकेदार गाउँपालिकामा विगत पाँच दिनदेखि सञ्चार सेवा अवरुद्ध
बैतडीको दोगडाकेदार गाउँपालिकामा विगत पाँच दिनदेखि सञ्चार सेवा अवरुद्ध
    • Bell Sanchar

    • १७ बैशाख २०८०, आईतवार

काठमाडाैं ।

बैतडीको दोगडाकेदार गाउँपालिकामा विगत पाँच दिनदेखि सञ्चार सेवा अवरुद्ध भएको छ ।

दोगडाकेदारको सिल्लेगडामा रहेको सिल्लेगडास्थित नेपाल टेलिकमको टावरले काम नगर्दा सञ्चार सेवा अवरुद्ध भएको हो  ।

सञ्चार सेवा अवरुद्ध हुँदा समस्या भएको स्थानीय डम्बर कुँवरले बताए ।

टावरमा समस्या आएपछि टेलिकमको भ्वाइस र इन्टरनेट सेवा अवरुद्ध हुनुका साथै सञ्चार सम्पर्कबाट विच्छेद हुनुपरेको छ ।

उक्त टावरमा समस्या आएपछि मर्मतका लागि प्राविधिक टोली परिचालन गरिएकाले छिट्दै समस्या समाधान हुने नेपाल टेलिकम बैतडीका सजित प्याकुरेलले जानकारी दिए ।

साताकाे चर्चित
सम्बन्धित