बेलायती राजाको राज्याभिषेकमा परराष्ट्रमन्त्री साउद सहभागिता हुने
बेलायती राजाको राज्याभिषेकमा परराष्ट्रमन्त्री साउद सहभागिता हुने
    • Bell Sanchar

    • १७ बैशाख २०८०, आईतवार

काठमाडौं ।

बेलायतका राजा चाल्र्स तृतीयको राज्याभिषेकमा नेपालबाट परराष्ट्रमन्त्री एनपी साउद सहभागिता हुने भएका छन् ।

चाल्र्स तृतीयको राज्याभिषेकमा वैशाख २१ गते बेलायत जाने मिति तय भएको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेल उक्त कार्यक्रममा जाने तय भएको थियो ।

उपचारपछि आइतबार मात्रै नेपाल फर्कन लागेका पौडेल स्वास्थ्यका कारणले सहभागी हुन नसकेपछि परराष्ट्रमन्त्री साउद जान लागेका हुन् ।

चाल्र्स तृतीयको राज्याभिषेक वैशाख २३ गते (मे ६ तारिख) का लागि तोकिएको छ । वैशाख २६ गते नेपाल फर्कने साउदले जानकारी दिए ।

साताकाे चर्चित
सम्बन्धित