संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक शुरू
संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक शुरू
    • Bell Sanchar

    • १८ बैशाख २०८०, सोमबार

 काठमाडौं ।

संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक शुरू भएको छ ।

बैठकमा सरकारलाई दिएको समर्थन, समसामयिक राजनीतिक विषय, उपनिर्वाचनको समीक्षासहितका विषयमा छलफल हुने उपसभापति डोलप्रसाद अर्यालले दिए ।

त्यस्तै दिउँसो ३ बजे सरकारको विषयमा छलफल गर्न संसदीय दलको बैठक बस्दैछ ।

‘हामी भर्खर मात्रै उपनिर्वाचनपछि पहिलो बैठक बस्दैछौं । बैठकमा चुनावको समीक्षा, सरकारको विषय, समर्थन कायम राख्ने कि फिर्ता लिने, समसामयिक राजनीतिक विषयसहितका कुरा हुन्छ’ अर्यालले भने, ‘आजै दिउँसो ३ बजे बस्ने संसदीय दलको बैठकले सरकारबारे आवश्यक निर्णय लिनेछ ।’

चौथो ठूलो दललाई फेरि पनि सरकारमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आग्रह गरिसकेका छन् । प्रधानमन्त्री प्रचण्डले रास्वपाका अध्यक्ष रवि लामिछानेसँग भेट गर्दै सरकारमा सहभागी हुन आग्रह गरेका छन् । तर रास्वापाले पहिले पाएका गृहसहितका मन्त्रालय पाउनुपर्ने, सरकार निरन्तर चल्ने ग्यारेन्टी गर्नुपर्नेसहितका माग राखेको छ ।

रास्वपामा सरकारमा सहभागी हुने र नहुने दुवै मत छ । १० वैशाखको उपनिर्वाचनपछि रास्वपाको पक्षमा झन् ठूलो जनलहर देखिएपछि सरकार नगइ रचनात्मक प्रतिपक्ष बन्नुपर्ने माग पनि भइरहेको छ ।

यही मतका बीच आजको बैठकले निर्णय लिन सक्ने जानकारी अर्यालले दिए ।

साताकाे चर्चित
सम्बन्धित