पृथ्वी राजमार्ग अवरुद्ध
पृथ्वी राजमार्ग अवरुद्ध

वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ ।

    • Bell Sanchar

    • १८ बैशाख २०८०, सोमबार

धादिङको धुनीबेशी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेश खोलामाथिको पुल छेउको सडक भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । धुनिवेशी नगरपालिकाको वडा नम्बर ६ स्थित धार्केतिर पुल छेउको सडक भासिँदा यातायात अवरुद्ध भएको वडाध्यक्ष रमेशप्रसाद आचार्यले  जानकारी दिए । उनका अनुसार पुल छेउको सडक दिउँसो ३ बजेतिर भासिएको हो

सडक भासिएपछि केहीबेर एकतर्फी यातायात सञ्चालन गरिए पनि भासिने क्रम बढ्दै गएपछि अहिले पूर्ण रूपमा यातायात बन्द गरिएको उनले बताए । भासिएको सडक रातभरीमा बनाइसक्ने र भोलि बिहानबाट मात्रै यातायात सन्चालन हुने उनले बताए ।

सवारी आवागमन बन्द हुँदा राजमार्गमा यात्रु रोकिएका छन् । राजमार्गमा रोकिएका यात्रुहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको उनको भनाइ छ ।

साताकाे चर्चित
सम्बन्धित