लुम्बिनीका मुख्यमन्त्री चौधरी विश्वासको मत लिँदै
लुम्बिनीका मुख्यमन्त्री चौधरी विश्वासको मत लिँदै
    • Bell Sanchar

    • १९ बैशाख २०८०, मंगलवार

 दाङ ।

लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिने भएका छन् ।

प्रदेश सभाको आज बस्ने दशौं बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने तय भएको छ ।

प्रदेश सभाको बैठक आज बिहान ११ बजे बस्दैछ ।सत्तारुढ दलको समर्थनमा कांग्रेसका चौधरी गत वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३/३ जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एक/एकजना र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदको समर्थन छ ।

साताकाे चर्चित
सम्बन्धित