बालकृष्ण पक्राउ परेपछि रविले दिय- प्रधानमन्त्रीलाई धन्यवाद
बालकृष्ण पक्राउ परेपछि रविले दिय- प्रधानमन्त्रीलाई धन्यवाद
    • Bell Sanchar

    • २७ बैशाख २०८०, बुधबार

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा परेपछि सरकारलाई धन्यवाद दिएका छन्।

प्रतिनिधिसभा सदस्यसमेत रहेका लामिछानेले बुधबार  सामाजिक सञ्जालमार्फत् धन्यवाद दिएका हुन्।

उनले पक्राउ पर्ने सिलसिला नरोकियोस् भनेर पनि अपिल गरेका छन्।

सभापति लामिछानेले फेसबुकमा लेखेका छन्, ‘धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्री ज्यू, धन्यवाद प्रधानमन्त्रीज्यू। यो सिलसिला नरोकियोस्। कुनै हालतमा नरोकियोस्।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म १२ जना पक्राउ परिसकेका छन्।

आजै बिहान लामिछानेले सरकारले यस प्रकरणमा सरकारले केही पनि नगरेको टिप्पणी गरेका थिए।

साताकाे चर्चित
सम्बन्धित