भुटानी शरणार्थी प्रकरणमा दोषी कोही नछुटोस्, निर्दोष कोही नपरोस् : प्रधानमन्त्री
भुटानी शरणार्थी प्रकरणमा दोषी कोही नछुटोस्, निर्दोष कोही नपरोस् : प्रधानमन्त्री
    • Bell Sanchar

    • २८ बैशाख २०८०, बिहीबार

काठमाडौं

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ ले नक्कली भुटानी शरणार्थी सम्बन्धमा दोषी कोही नछुट्ने र निर्दोष कोही पनि पर्न नहुने बताउनुभएको छ।

प्रधानमन्त्री प्रचण्ड, पाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि पत्रकारसँग कुरा गर्दै यस्तो बताउनुभएको हो। छलफल सदनलाई सुचारु गर्ने सन्दर्भमा केन्द्रित भएको बताउनुभयो।

सञ्चारकर्मीको जिज्ञासामा प्रधानमन्त्रीले भन्नुभयो, “मिडियामा जसरी तपाईंले प्रचार गर्नुभएको छ, तीन जना नेताको भेट त्यस्तो होइन। हाम्रो भेट सदनलाई कसरी सुचारु रुपमा लैजाने, संसदीय समिति बनाउने, संयुक्त समिति बनाउने विषयमा नै बढी छलफल भएको छ।”

यसैगरी, उहाँले पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले पक्राउ गरेको सन्दर्भमा यसमा प्रहरीले आफ्नो काम अघि बढाएको र सरकारले पनि ठीक ढंगले काम गरोस् भनेर ‘स्ट्याण्डिङ अर्डर’ दिएको बताउनुभयो।

“आशंका गर्नुपर्ने केही कारण छैन। हामीले विल्कुल क्लियर भाषामा भनेका छौं। दोषी कोही नछुटोस्, निर्दोष कोही नपरोस्। प्रहरीले आफ्ने काम ठिक ढंगले गरोस् भनेर स्ट्याण्डिङ अर्डर दिएकै छौं। प्रहरीले आफ्नो काम गरेको छ, त्यसकारण यसमा दुविधा, आशंका गर्नुपर्ने केही कारण छैन। जे भएको छ, विधि, विधान, नियम पद्दति अनुसार काम भएको छ। हामी राजनीतिक नेतृत्वले आफ्नो काम गरेका छौं”, उहाँले भन्नुभयो।

साताकाे चर्चित
सम्बन्धित