सरकारमा जाने योजना सफल भएन, अब सडकबाटै समर्थन गर्छौं : रवि लामिछाने
सरकारमा जाने योजना सफल भएन, अब सडकबाटै समर्थन गर्छौं : रवि लामिछाने
    • Bell Sanchar

    • २९ बैशाख २०८०, शुक्रबार

काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । सरकारले नक्कली शरणार्थी प्रकरणको अनुसन्धानलाई तीव्रता दिइरहेका बेला शुक्रवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो

भेटमा शरणार्थी प्रकरणमा थुप्रै फाइल खोलेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको भन्दै रविले प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन् । सरकारमा जाने आफूहरूको योजना सफल नभए पनि अब सडकबाटै सरकारलाई समर्थन गर्ने रविले बताएका छन् ।

‘भुटानी शरणार्थी प्रकरणदेखि थुप्रैमा जसरी फाइल खोल्नुभएको छ त्यसमा तपाईँलाई धन्यवाद छ । मैले सडकबाट के–के सहयोग गर्न सक्छु गर्छु’ प्रधानमन्त्रीसँगको भेटमा रविले भने, ‘सरकारमै जाने हाम्रो योजना सफल हुन सकेन । अब हामीले सडकबाट समर्थन गछौँ । हामी अब भ्रष्टाचारीविरुद्ध सडकमा उत्रिन्छौँ ।’

प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारी माथिको कारवाहीमा सहयोग गर्न लामिछानेलाई आग्रह गरे । ‘तपाईँहरूले भ्रष्टाचारीलाई कारवाही गर्ने सवालमा सहयोग गर्नुपर्‍यो । सकभर त सरकारमा सहभागी भइदिएको भए झन् राम्रो हुन्थ्यो’ प्रचण्डले भेटका क्रममा भने, ‘त्यो हुन नसके पनि तपाइँहरूले साथ दिनु । म भ्रष्टाचारविरुद्ध र सुशासनको सवालमा निर्मम भएर उभिन्छु ।’

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठगी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणुसहित बहालवाला सचिव टेकनारायण पाण्डेलगायत १२ जना पक्राउ परेका छन् । ​प्रकरणमा जोडिएका  एमाले सचिव टोपबहादु रायमाझी भने फरार छन् । उनको खोजी भइरहेको छ ।

 

साताकाे चर्चित
सम्बन्धित