पालिका स्तरीय हाजिरी जवाफ प्रतियोगितामा मालिका मावि धाँपा प्रथम
पालिका स्तरीय हाजिरी जवाफ प्रतियोगितामा मालिका मावि धाँपा प्रथम
    • उमेश बुढा

    • २९ बैशाख २०८०, शुक्रबार

जुम्ला

जुम्लाको सिँजा गाउँपालिका शिक्षा तथा खेलकुद शाखाको आयोजनामा पालिका स्तरीय आधारभुत स्तरका विद्यार्थी बिच हाजिरी जवाफ प्रतियोगितामा मालिका माध्यमिक विद्यालय प्रथम भएको छ ।

हाजिरी जवाफ प्रतियोगितामा ११ ओटा विद्यालयले भाग लिएका थिए भने, जनज्योति आधारभुत रुगा सहभागी हुन नसकेको सामाजिक विकास शाखा संयोजक तिर्थ वडले बताए ।

कक्षा १ देखि ८ सम्म हाजिरी जवाफ प्रतियोगिता गर्ने माध्यमिक विद्यालय बिच अध्यक्ष कप जेठ ५ गते गर्ने गाउँ कार्यपालिकाले निर्णय गरेको संयोजक वडले बताउनु भयो ।

सो प्रतियोगितामा ७० ओटा प्रशन रहेका थिए । ४ ओटा प्रशनको सहि जवाफ विद्यार्थीबाट आउन नसके पछि प्रशन बाहिएको थियो ।

प्रथम मालिका माध्यमिक विद्यालय धाँपाले १३ अङ्क , दृतिय केदारनाथ आधारभुत विद्यालय बारेले ९ अङ्क र ७ अङ्क प्राप्त गरेर प्रस्थावित माध्यमिक विद्यालय चुलेल गाउँ तृतीय स्थान ओगटेको सिँजा गाउँपालिका शिक्षा तथा खेलकुद शाखाले जनाएको छ ।

प्रत्येक विद्यालयमा हाजिरी जवाफ कार्यक्रम क्रमश गर्दै
जाने र विद्यार्थीको हैसला बढाउनको लागि पुरस्कारको व्यवस्था गरेको शाखाले जनाएको छ ।

७० ओटा प्रशन मध्ये ४ ओटा प्रशनको मात्र विद्यार्थीले जवाफ दिन नसके पनि शिक्षामा विद्यार्थी अग्रसर भएको देख्दा मालिका मावि धाँपाका प्रधानाध्यापक प्रयोगराज खत्रीले विद्यार्थीलाई धन्यवाद र शुभकामना व्यक्त गरे ।

साताकाे चर्चित
सम्बन्धित