सीमानजिक रुसका लडाकू विमान र हेलिकप्टर खसायो युक्रेनले
सीमानजिक रुसका लडाकू विमान र हेलिकप्टर खसायो युक्रेनले
    • Bell Sanchar

    • ३१ बैशाख २०८०, आईतवार

काठमाडौं ।

युक्रेनले रुस सीमानजिक रुसका दुईवटा लडाकू विमान र दुईवटा हेलिकप्टर खसाएको स्काई न्युजले खबर दिएको छ ।

रुसका सु–३४, सु–३५ र एमआई–८ हेलिकप्टरलाई युक्रेनले तारो बनाएको हो । यी रुसी विमानहरू ब्रान्स्क क्षेत्रमा उडिरहेका थिए ।

रुसको सरकारी समाचार संस्था तासले आकस्मिक सेवाका एक अधिकारीलाई उद्धृत गर्दै दिएको सूचनाअनुसार, युक्रेन सीमाबाट लगभग ४० किलोमिटर वर क्लिन्त्सी नजिक सु–३४ लडाकू विमान दुर्घटनाग्रस्त भएको छ ।

दुर्घटना हुनुअघि विमानको इन्जिनमा आगो लागेको थियो ।

उक्त समाचारका अर्को लडाकू विमान र हेलिकप्टरको उल्लेख गरिएको छैन ।

तर रुससमर्थक टेलिग्राम च्यानल वोयेन्नी ओस्वेडोमिटेलमा पोस्ट गरिएको भिडियोमा आकाशमा हेलिकप्टर विस्फोट भई भुइँतर्फ खसिरहेको देखिन्छ ।

यस घटनामा युक्रेनको आधिकारिक प्रतिक्रिया आएको छैन । तर राष्ट्रपति  भोलोदीमीर जेलेन्स्कीका वरिष्ठ सल्लाहकार मिखाइलो पोदोल्याकले यस घटनालाई कर्म भन्ने संज्ञा दिएका छन् ।

साताकाे चर्चित
सम्बन्धित