च्यासल मैदानमा भएको खेलमा मनाङले अन्तिम १० मिनेटमा दुई गोल फर्काएपछि खेल बराबरीमा रोकियो
च्यासल मैदानमा भएको खेलमा मनाङले अन्तिम १० मिनेटमा दुई गोल फर्काएपछि खेल बराबरीमा रोकियो
    • Bell Sanchar

    • ३१ बैशाख २०८०, आईतवार

काठमाडौं ।

सहीद स्मारक ए डिभिजन लिगमा शीर्ष स्थानको जावलाखेल युथ क्लबले दुई गोलको अग्रता जोगउन नसक्दा मनाङ मर्स्याङ्दी क्लबसँग २-२ को बराबरी खेल्दै अंक बाँडेको छ ।

च्यासल मैदानमा आइतबार भएको खेलमा मनाङले अन्तिम १० मिनेटमा दुई गोल फर्काएपछि खेल बराबरीमा सकिएको हो ।

चौथो बराबरीपछि जावलाखेलले शीर्ष स्थानमा ३ अंकको अग्रता बनाउने अवसर गुमाएको छ ।

९ जित ४ बराबरी र ५ हारको नतिजा निकालेको जावलाखेल १८ खेलबाट ३१ अंकसहित शीर्ष स्थानमा छ ।

एक खेल कम खेलेको चर्च ब्वाइज युनाइटेड ३० अंकसहित दोस्रो स्थानमा छ । मनाङको १८ खेलबाट २२ अंक भएको छ ।

साताकाे चर्चित
सम्बन्धित