पूर्वगृहमन्त्री खाँणसहितका अभियुक्तलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
पूर्वगृहमन्त्री खाँणसहितका अभियुक्तलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
    • Bell Sanchar

    • ३१ बैशाख २०८०, आईतवार

काठमाडौं ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई थप ४ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ ।

ठगी, संगठित अपराधलगायतका विभिन्न मुद्दामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान नसकिएको भन्दै उनीहरुलाई थप समय हिरासतमा राख्न अनुमति माग गर्दै जिल्ला अदालतमा पेश गरेको थियो ।

जिल्ला अदालतले थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।

यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारीलगायतलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु सबैलाई थप समय हिरासतमा राख्न अनुमति माग गर्दै प्रहरीले अदालतमा उपस्थित गराएको थियो ।

अनलाइनखबर

साताकाे चर्चित
सम्बन्धित