प्रधानमन्त्री दाहाल र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता
प्रधानमन्त्री दाहाल र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता
    • Bell Sanchar

    • १ जेष्ठ २०८०, सोमबार

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच सोमबार भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको भेटवार्तामा संघीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको हो।

राष्ट्रियसभाका अध्यक्षको सचिवालयका अनुसार सो अवसरमा संघीय संसद्को चालु बजेट अधिवेशनलाई प्रभावकारी बनाउने तथा सरकारको नीति तथा कार्यक्रम पेश गर्न  संसद्को संयुक्त बैठकलगायतका विषयमा छलफल भएको छ।

साताकाे चर्चित
सम्बन्धित