लाजै नमानी हात हल्लाउँदै मिडियासामु देखिए टोपबहादुर रायमाझी
लाजै नमानी हात हल्लाउँदै मिडियासामु देखिए टोपबहादुर रायमाझी
    • Bell Sanchar

    • १ जेष्ठ २०८०, सोमबार

काठमाडौं ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझीलाई प्रहरीले सरकारी वकिलको कार्यालयमा लगेको छ ।

आइतबार राति काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका टोपबहादुरलाई अनुसन्धानका लागि म्याद थप गर्न काठमाडौं जिल्ला अदालतमा पेस गर्ने प्रक्रिया पूरा गर्न सरकारी वकिलको कार्यालय काठमाडौं लगिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि रायमाझी र उनका छोरा सन्दीपविरुद्ध वैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो ।

तर, त्यसयता टोपबहादुर फरार थिए, छोरा सन्दीप भने यसअघि नै पक्राउ परिसकेका छन् ।

अदालतले म्याद दिएपछि रायमाझीमाथि प्रहरीले थप अनुसन्धान गर्नेछ ।

रायमाझीले ठगी गर्ने गिरोहलाई सहज हुने गरी नीतिगत निर्णय गराउन भूमिका खेलेको आरोप छ ।

उनको सहयोगमा नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाउने गिरोहले गृहमन्त्रालयसम्म पनि बलियो पहुँच बनाएको प्रहरी अधिकृतहरु बताउँछन् ।

यसअघि यही प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायत उच्चपदस्थ व्यक्तिहरू पक्राउ परेका छन् । उनीहरू माथि म्याद थप गराइ प्रहरीले अनुसन्धान गरिरहेको छ ।

साताकाे चर्चित
सम्बन्धित